राजनीति


कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

नेपालखबर
असोज ८, २०७७ बिहिबार ७:१६,

नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला कोरोनामुक्त भएका छन्।

भदौ २३ गते कोरोना संक्रमण भएका कोइरालाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय भरत तिवारीले जानकारी दिए।

कोइराला अझै एक हप्ता घरमै आइसोलेसनमा बस्ने उनले बताए।

भदौ २३ गते कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका कोइरालालाई ज्वरो आउने लगायतका समस्या देखिएपछि ओम हस्पिटलमा भर्ना गरिएको थियो। सो अस्पतालमा भर्ना भई चार दिन रहेका थिए।

‘डा. कोइरालाको स्वास्थ्य अवस्था अहिले राम्रो छ, कोरोना रिपोर्ट नेगेटिभ आयो,’ तिवारीले भने, ‘अब उहाँ एकहप्ता घरमै आइसोलेसनमा बस्नुहुनेछ।’

यसैबीच कोइरालाको सचिवालयका एक सदस्यलाई पनि कोरोना संक्रमण भएको छ।

बुधबार टेकु अस्पतालमा गरिएको परीक्षणमा सचिवालयमा रहेका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

याे पनि: 
कांग्रेस महामन्त्री शशांकको अस्पतालबाट सन्देश (भिडियो)

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण, छैन लक्षण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .