कारोबार


३० अर्ब निक्षेप संकलनको बोलकबोल आज, कस्ता बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउँछन्?

३० अर्ब निक्षेप संकलनको बोलकबोल आज, कस्ता बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउँछन्?

नेपालखबर
असोज ८, २०७७ बिहिबार ७:९,

नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले २८ दिनको लागि उक्त परिमाणमा रकम संकलन गर्नलागेको हो।

आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरबाट बोलकबोल भएर आजै निष्काशन हुने जनाइएको छ। यसको ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ भने आगामी कात्तिक ६ गते सावाँ तथा ब्याज भुक्तानी हुनेछ।

यसमा राष्ट्र बैंकबाट अनुमति लिएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्रै सहभागी हुन पाउनेछन् भने उनीहरुले घटीमा १ करोड र बढीमा १ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोली लगाउन पाउनेछन्।

त्यसका लागि राष्ट्र बैंकले केही शर्तहरु पनि राखेको छ।

निक्षेप संकलनकोबोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँट गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा प्रो–राटा बेसिसमा बाँडफाँट गरिनेछ ।

खुला बजार कारोबार संचालन समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ ।

आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ ।

सफल बोलवालाहरुकोस्वीकृत रकम निष्काशन मितिका दिन यस बैंकमा रहेकोखाता खर्च गरी निक्षेप संकलनको लागि खोलिएको अलग्गै खातामा जम्मा गरिनेछ । तसर्थ, बोलवाला बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा
पर्याप्त मौज्दात कायम गर्नुपर्नेछ।

बोल स्वीकृत भएका बोलवालाको खातामा सो उपकरण निष्कासन गरिने दिनमा मौज्दात रकम पर्याप्त नभएमा त्यस्ता बोलवालाकोअर्नेष्ट मनि बापतकोरकम जफत गरी निजलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा
सहभागी हुन बन्देज लगाइनेछ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न पाइनेछैन। तर, यस बैंककोनिर्देशन बमोजिम कायम राख्नुपर्ने एसएलआर तथा लिक्विडिटी रेसियोमा गणना गर्न पाइनेछ।

संकलित निक्षेप रकम भुक्तानी मिति अगावैसम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा प्रिमेचर भुक्तानी हुनेछैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .