लेखक खगेन्द्र संग्रौलाले पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईविरुद्ध कडा कटाक्ष गरेका छन्।
डा. गोविन्द केसीको सत्याग्रहलाई पर्यटनमन्त्री भट्टराईले ‘इमोसनल ब्ल्याकमेलिङ’ भनी टिप्पणी गरेको भन्दै लेखक संग्रौलाले बुधबार बिहान ट्विटरमार्फत तीखो आलोचना गरेका हुन्।
‘माननीय पर्यटनमन्त्री योगेश भट्टराईले डा. केसीको सत्याग्रहलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ को संज्ञा दिएछन्,’ साहित्यकार संग्रौलाले ट्विट गरेका छन्, ‘स्मरण रहोस्, मान्यवर, विरलाकोटी प्रतिभाका धनी योगेश महोदयको लाभदायक मन्त्री पद डा. केसीको सत्याग्रहको विरोध गरेबापत पाएको बक्सिस हो। किमधिकम्!’
माननीय पर्यटन मन्त्री याेगेश भट्टराईले डा. केसीकाे सत्याग्रहलाई "इमाेशनल ब्ल्याकमेलिङ"काे संज्ञा दिएछन्। स्मरण रहाेस्,मान्यवर,विरलाकाेटी प्रतिभाका धनी याेगेश महाेदयकाे लाभदायक मन्त्री पद डा. केसीकाे सत्याग्रहकाे विराेध गरेबापत पाएकाे बक्सिस हाे। किमधिकम्?
— Khagendra Sangroula (@belakoboli) September 23, 2020

प्रतिक्रिया