छापा खबर


झगडामै बिताए नेपाली कलाकारले लकडाउनको ६ महिना, के के भए लफडा?

झगडामै बिताए नेपाली कलाकारले लकडाउनको ६ महिना, के के भए लफडा?

नेपालखबर
असोज ७, २०७७ बुधबार १:४५,

कोरोना भाइरसका कारण नेपाली सिने उद्योग थला परेको छ, तर चलचित्रकर्मी भने सिर्जनात्मक काममा भन्दा विवादमै रुमल्लिए। 

चैतयता नेपाली सिने उद्योग ठप्प छ। हल बन्द हुँदा चलचित्र प्रदर्शन भएका छैनन्। कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेका कारण अब कहिले नेपाली सिनेमा प्रदर्शन हुने हो, यकिनका साथ भन्न सकिने अवस्था छैन।

यस्तो विषम परिस्थितिबाट गुज्रिएको सिने उद्योग कलाकारका कारण लफडामा फसिरह्यो। कुनै सिर्जनात्मक काम सिने उद्योगमा हुन नसकिरहेको अवस्थामा केही कलाकार भने लफडाको घेरोभित्र रहिरहेको खबर आजको नयाँ पत्रिकामा नवीन प्यासीले लेखेका छन।

- गत असारमा अभिनेत्री दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई भन्ने गरिएको ‘महानायक’ सम्बोधनमाथि प्रश्न गरेकी थिइन् । उनले हमाललाई ‘महानायक’ पत्रकारले बनाइदिएको आशय व्यक्त गरेकी थिइन् । उनको यस्तो अभिव्यक्तिको भिडियो क्लिप सार्वजनिक भएपछि चौतर्फी आलोचना भयो । यो विषयले नेपाली चलचित्र क्षेत्र विभाजित बन्न पुग्यो ।

- नेपाल–भारत सीमा विवादको विषयमा दिएको अभिव्यक्तिले नायिका वर्षा राउत आलोचित बनिन् । एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा आफूले सीमा विवादका कारण भारतीय साथीहरूसँग कुरा गर्न गाह्रो भइरहेको र भारतीय साथीहरूलाई पनि गाह्रो भइरहेको आशयको अन्तर्वार्ता दिएकी थिइन् । सञ्जाल प्रयोगकर्ताले उनलाई उडाउन र ट्रोल गर्न कुनै कसर बाँकी राखेनन् । पछि उनले फेसबुकमा स्टाटस लेख्दै माफी माग्नु पर्‍यो ।

- अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले इन्स्टाग्राममार्फत एक भिडियो सार्वजनिक गर्दै नेपाली सिने उद्योगमा काम गर्ने व्यावसायिक वातावरण नभएकाले आफू कुनै पनि ब्यानरमा नदोहोरिएको बताइन् । उनले आफूलाई धेरैपटक दुव्र्यवहार भएको र अपशब्द प्रयोग गरेर गाली गरेको पनि खुलासा गरिन् । उनले आफूलाई कसले दुव्र्यवहार गरेको भनेर नाम नखुलाए पनि अभिनेता भुवन केसी साम्राज्ञीविरुद्ध उत्रिए । आफ्नो चरित्रहत्या भएको भन्दै उनले चलचित्र संघमा निवेदन दिए । त्यसपछि अदालतमा गए, दश करोड क्षतिपूर्तिको मागसहित । यो विषयमा पनि नेपाली सिने क्षेत्र दुई धारमा विभाजन भयो ।

- अर्की अभिनेत्री पूजा शर्माले १४ जिल्ला र ७२ प्रदेश भनेर दिएको भिडियो अन्तर्वार्ताको क्लिप पनि भाइरल बन्यो । मुलुकको प्रशासनिक विभाजनबारे राम्रो ज्ञानसम्म नभएको भन्दै उनको ट्रोल बनाइयो । शर्माको अभिव्यक्तिले पनि महिनादिनजति सिने उद्योगलाई ततायो । यसबीचमा पूजा र पत्रकार प्रकाश सुवेदीबीच विवाद भयो । यो विवादले सिने क्षेत्र नै बाँडियो । पछि आपसी सहमतिमा विवाद टुंगियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad