राजनीति


तराई डुबानबारे भारतसँग कूटनीतिक पहल गर्न देउवाको आग्रह

तराई डुबानबारे भारतसँग कूटनीतिक पहल गर्न देउवाको आग्रह

नेपालखबर
साउन ८, २०७६ बुधबार १०:२७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले तराईका जिल्लामा वर्षेनी हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नु पर्ने बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै नेता देउवाले सरकारलाई तराईका जिल्लामा वर्षेनी हुने डुबानको दीर्घकालिन समस्या समाधानका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका हुन्। उनले तटबन्धका कारण वर्षेनी डुबानको समस्या झेल्नुपरेको भन्दै भारत र नेपालले एक आपसमा दोषारोपण गरेर मात्रै समस्या समाधान हुन नसक्ने उल्लेख गरे।

उनले भने, ‘भारत सरकारसँग कुरा गर्नुपर्ने बेला भईसकेको छ। भारतले नेपाललाई दोष दिने नेपालले भारतलाई दोष दिने। कति दिन सम्म चल्छ यो? त्यसकारण कुटनीतिक तहबाट भारतसँग कुरा गर्नुपर्ने भएको छ। भारतले डुबान पार्यो भन्छन् त्यहाँ। भारतले नेपालले सिध्यायो भन्छ। त्यसकारले यसमा कुटनीतिक ढंगले कुरा गर्नुपर्छ।’

कोशी ब्यारेज बन्दै गर्दाको समयमा नेपालको सिमामा साना साना चिया पसल गरी बसेकालाई भारतले सुरक्षाको कारण हटाउन खोजेको भन्दै उनले सो समस्या समाधानका लागि पनि सरकारलाई आवश्यक कुटनीतिक पहल गर्न आग्रह गरे।

उनले सरकारले बाढी र डुबानमा परी घरवार विहिन भएकालाई उचित वासस्थान र तात्कालिन राहतको व्यवस्था गर्न नसकेको आरोप लगाए।

उनले भने, ‘टहरा बनाएर बसेका छन् खाद्यान्न छैन। सरकारको पहिलो कर्तव्य जो बाढी ,पहिरो र डुबानमा परी घर विहिन भएका छन् उनलाई खाद्यान्न दिने। लत्ता कपडा दिने। पाल दिने, ओत दिने काम केही गरेको छैन। केही रेडक्रसले, केही विदेशी संस्थाहरुले, आई एनजिओहरुले गरेका छन्। तर सरकारबाट कही पनि देखिन मैले। हेलिकोप्टरबाट उद्धार कहाँ हुन्छ? त्यसकारण सरकार तात्नुपर्ने, लाग्नुपर्ने। कहीँ पनि लागेको छैन।’

सिरहा, सुनसरी, रौतहट लगायत जिल्लाको अनुगमनका क्रममा आफूले कहीँ पनि सरकारको उपस्थिति नदेखेको भन्दै उनले ‘दुःख परेको बेला आवश्यक प्रबन्ध मिलाउनुपर्नेमा सरकार नपुगेको’ टिप्पणी गरे। उनले बाढी र डुबान प्रभावितलाई सरकारले आफ्नो कर्तव्य र दायित्व पुरा गर्न नसकेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad