ad ad

राजनीति


नेकपा सचिवालय बैठक आज, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ बन्लान् मन्त्री?

नेकपा सचिवालय बैठक आज, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ बन्लान् मन्त्री?

नेपालखबर
असोज ४, २०७७ आइतबार ४:१९,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक आज (आइतबार) बस्दै छ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा अहिले बिहान ११ बजे बैठक सुरु गर्ने तयारी रहेको नेकपा नेताहरूले जानकारी दिएका छन्।

यसअघि असोज २ मै बस्ने भनिएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीको व्यवस्तताका कारण आजका लागि सारिएको हाे।

सचिवालय बैठकले केन्द्र तथा प्रदेशका मन्त्रिमण्डल पुनर्गठन र पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने विषयमा समेत निर्णय गर्न सक्ने सचिवालयका नेता बताउँछन्।

उपाध्यक्ष गौतमलाई भदौ २९ गते मात्र राष्ट्रियसभाको सदस्यमा मनोनीत गरिएको हो। पार्टीका प्रवक्ता श्रेष्ठ भने निर्वाचनमार्फत नै राष्ट्रियसभाको सदस्य बनेका हुन्।

मन्त्रिमण्डल पुनर्गठन गर्दा २ वर्ष मन्त्री भइसकेका सबै परिवर्तन गर्नुपर्ने आवाज पार्टीमा उठेको छ। तर प्रधानमन्त्री ओलीले मानेका छैनन्।

याे पनि :

केही दिनमै संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुन्छः प्रचण्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .