ad ad

समाज


बाँकेमा प्लाज्मा थेरापीबाट उपचार गरिएका एक कोरोना संक्रमितको मृत्यु

बाँकेमा प्लाज्मा थेरापीबाट उपचार गरिएका एक कोरोना संक्रमितको मृत्यु

प्रकाश न्यौपाने
असोज ४, २०७७ आइतबार ५:४३,

बाँके जिल्लामा थप एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ।

नेपालगन्ज उपमहानगरपालिका–२१, पुरैनीका ५९ वर्षीया पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मुत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

भदौ २० गते अस्पताल भर्ना भएका उनमा पीसीआर जाँच गर्दा २१ गते कोरोना भाइरस पुष्टि भएको थियो। स्वास्थ्य अवस्था बिग्रँदै जाँदा ती पुरुषलाई प्लाज्मा थेरापी विधिबाट उपचारसमेत गरिएको थियो। प्लाज्मा थेरापीबाट उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

भेन्टिलेटरमै उपचारका क्रममा गएराति (शनिबार) ११ः३० बजे ती पुरुषको मृत्यु भएको श्रेष्ठले जानकारी दिए। उनमा दुईतिरको फोक्सोमा निमोनिया भएको थियो। योसँगै बाँकेमा कोरोना संक्रमित १० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .