एससीएमपीका अनुसार चीनले आफ्नो भूमि भएको दाबी गर्ने ताइवानसँग आर्थिक साझेदारी बढाउन अमेरिकी कुटनीतिज्ञहरु चाँडै ताइवान आउँदैछन्।
उनीहरुको ताइवान भ्रमण अगाडि चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका हुन्।
ताइवानको रक्षा मन्त्रालयले बिहीबार चिनियाँ सेनाका दुई विमान बुधबार राति ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको पुष्टि गरेको छ।
ताइवानले चीनले हवाई क्षेत्रका नियम उल्लंघन गर्दै आफ्नो भूमिमा युद्धक विमान पठाएको आरोप लगाएको छ।
चीनले ताइवानलाई आफ्नो भएको दाबी गर्दछ। चीनले ताइवानलाई आवश्यक परे आक्रमण गरेरै नियन्त्रणमा लिनसक्ने बताइरहँदा अमेरिकाले ताइवानलाई बेग्लै देशको दर्जा दिएको छ र यस देशसँगको सम्बन्धलाई बढावा दिँदै आएको छ।
ताइवानले पनि आफूले चीनको भनाइ नमान्ने र आफू स्वतन्त्र देश भएको बताउँदै आएको छ। अमेरिकी कदमबाट चीन सन्तुष्ट छैन। हाल अमेरिकाबाट हुन लागेको भ्रमणलाई चीनले वैधानिकता दिएको छैन।
चीनले ताइवानलाई चेतावनी दिन यसरी दोहोर्याउँदै ताइवानको आकाशमा युद्धक विमानहरु पठाउने गरेको छ।
यो पनिः
ताइवानले भन्योः हामीमाथि आक्रमण गर्ने शक्ति चीनसँग अझै छैन
‘चिनियाँ जनमुक्ति सेनाको चरणबद्ध सैन्य अभ्यास ताइवान कब्जा गर्ने योजना’
चीनसँग विवाद बढ्दै जाँदा ताइवानले यसैवर्ष ६६ वटा अमेरिकी युद्धक विमान भित्र्याउने

प्रतिक्रिया