राजनीति


निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको छानबिन गर्न राजमोको माग

निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको छानबिन गर्न राजमोको माग

नेपालखबर
असोज १, २०७७ बिहिबार १२:३१,

राष्ट्रिय जनमोर्चाले महंगो हुँदै गएको निर्वाचन प्रणालीमा खर्चको छानबिन गर्ने निकाय हुनुपर्ने आवश्यकता औंल्याएको छ।

निर्वाचन ठुलो रकम खर्च गरेर निर्वाचित भएका पदाधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गर्ने गरेको भन्दै खर्चको छानबिन हुनुपर्ने राजमोले माग गरेको हो।

बिहीबार वक्तव्य प्रकाशित गरी अध्यक्ष चित्रबहादुर केसीले देशमा राजनीति र निर्वाचनको क्षेत्रमा धेरै विकृति, विसंगति र भ्रष्टाचार हुने गरेको बताएका छन्।

निर्वाचन आयोगले दलहरुसँग विभिन्न विषयमा विगतमा सुझाव मागेको र आफ्नो पार्टीले यो विषयलाई प्रमुखताका साथ उठाएको राजमोले जनाएको छ।

‘दलाल, ठुला ठेकेदार वा व्यापारीहरुलाई निर्वाचनमा उमेदवार हुन दिनु हुँदैन, निर्वाचनमा हुने खर्चको नियन्त्रण गर्न र बाह्य शक्ति केन्द्रको लगानीलाई रोक्न कानुनी व्यवस्थाको साथै प्रभावकारी उपायहरु अपनाउनु पर्दछ’ राजमोको सुझावमा उल्लेख छ।

यस्तै राजमोले विदेशस्थित नेपालीलाई आफू बसेकै स्थानबाट मतदानको व्यवस्था गर्न पनि पुनः माग गरेको छ।

अध्यक्ष केसीले समावेशी र समानुपातिक प्रणाली व्यवहारमा कार्यान्वयन नभइरेहको उल्लेख गर्दै विभिन्न समानुपातिक समावेशी व्यवस्था कार्यानवयनमा जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad