ad ad

राजनीति


वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ, सभाको गरिमा र प्रतिष्ठा गिर्न नदिने प्रतिबद्धता

वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ, सभाको गरिमा र प्रतिष्ठा गिर्न नदिने प्रतिबद्धता

नेपालखबर
असोज १, २०७७ बिहिबार ११:२८,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथग्रहण गरेका छन्।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारस्थित कृषि समितिको हलमा गौतमलाई सदस्यको शपथग्रहण गराएका हुन्।

शपथ लिएपछि गौतमले राष्ट्रियसभाको गरिमा बढाउन नियमावलीअनुसार काम गर्ने सञ्चारकर्मीलाई प्रतिक्रिया दिए।

राष्ट्रियसभा सदस्य बनिसकेपछि पुलकित देखिएका उनले पार्टी नेतृत्व, सरकार र राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गरे। आफूले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम कहिल्यै नगर्ने उनको भनाइ थियो।

No description available.

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी थिइन्।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकले राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमको नाम राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

सिफारिस भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन्। गौतमलाई नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा माथिल्लो सदनको सदस्यमा राष्ट्रपतिबाट मनोनीत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

No description available.

नेकपाको फागुन १४ गते बसेको बैठकले गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने एक पदमा नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। पार्टी निर्णयको ७ महिनापछि सो निर्णय कार्यान्वयन भएको छ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमले त्यसयता थुप्रैपटक सांसद बन्ने प्रयत्न गरेका थिए।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .