ad ad

खेल


च्याम्पियन्स लिग विजेता थियागो लिभरपुलमा भित्रने पक्का

च्याम्पियन्स लिग विजेता थियागो लिभरपुलमा भित्रने पक्का

नेपालखबर
असोज १, २०७७ बिहिबार ११:३४,

लिभरपुलले बायर्न म्युनिखबाट अघिल्लो सिजनको च्याम्पियन्स लिगको उपाधि जितेका मिडफिल्डर थियगो अल्कातारालाई भित्र्याउने पक्का गरेको छ।

लिभरपुल २५ मिलियन पाउण्डमा चारवर्षका लागि थिययोलाई भित्र्याउन सहमत भएको छ। चार वर्ष अवधिका लागि २० मिलियन पाउण्ड र बाँकी ५ मिलियन पाउण्ड लिभरपुलले प्रिमियर लिग वा च्याम्पियन्स लिगको उपाधि उचालेमा दिने सम्झौता भएको हो।

२९ वर्षीय थियगो २०१३ मा बार्सिलोनाबाट बायर्न म्युनिख आएका थिए। गत सिजनको च्याम्पियन्स लिग बायर्नले जित्दा उनी फाइनलमा सहभागी थिए।

लिभरपुलमा आवद्ध भएसँगै थियगोले ६ नम्बर जर्सी लगाउने छन।

थियगो प्रिमियर लिग विजेता लिभरपुरसँग यस समयमा अनुबन्धन हुने दोस्रो खेलाडी हुन।

यसअघि टोलीले ग्रिसका लेफ्टब्याक कोस्टर टिसिमिक्सलाई भित्र्याइसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .