राजनीति


जापानका प्रधानमन्त्री शिन्जो अबेद्वारा पदबाट राजीनामा

जापानका प्रधानमन्त्री शिन्जो अबेद्वारा पदबाट राजीनामा

नेपालखबर
भदौ ३१, २०७७ बुधबार १:४४,

जापानका प्रधानमन्त्री शिन्जो अबेले राजीनामा दिएका छन्।

जापानमा सबैभन्दा लामो शासन गर्ने अबेले स्वास्थ्यको कारण राजीनामा दिएका हुन्।

अबेको स्थानमा हालका चिफ क्याबिनेट सेक्रेटरी योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री हुने छन्। सोमबार भएको पार्टीको अन्तरिक प्रतिस्पर्धामा सुगा पार्टी प्रमुखमा निर्वाचित भएका थिए।

प्रधानमन्त्री अबेले आफूलाई जस्तै योशिहिदे सुगालाई पनि सहयोग गर्न आग्रह गरेका छन्। सुगालाई प्रधानमन्त्री निर्वाचित गर्न संसदमा बुधबार मतदात हुँदैछ।

सत्तारुढ दल लिवरल डेमोक्य्राटिक पार्टीको संसदमा बहुमत रहेकाले सुगा प्रधानमन्त्रीमा निर्वाचित हुने सुनिश्चत रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रधानमन्त्री अबेले आफ्नो स्वास्थ्यमा समेत सुधार भएको बताए।

मन्त्रिपरिषदको अन्तिम बैठकपछि प्रधानमन्त्री अबेले सत्तामा आएदेखि देशको अर्थतन्त्रको सुधार तथा जापानको राष्ट्रिय स्वार्थ रक्षा लागि कुटनीतिकमा लागेको बताएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad