राजनीति


निवर्तमान अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त

निवर्तमान अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार १२:४८,

सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रिस्तरीय सुविधा पाउनेगरी प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री तथा सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराएका हुन्।

डा. खतिवडाको थपिएको अर्थमन्त्रीको कार्यकाल पनि गत भदौ २० गते सकिएपछि उनी अर्थ मन्त्रालयबाट बिदा भएका थिए।

उनलाई राष्ट्रिय सभा सांसद नियुक्त गरी अर्थमन्त्रीको रुपमा पनि निरन्तरता दिने प्रधानमन्त्रीको प्रयास असफल भएपछि खतिवडा मन्त्रालयबाट बिदा भएका थिए।

संविधानको व्यवस्थाअनुसार मन्त्री बन्नका लागि संसद सदस्य हुनैपर्ने र नभएमा मन्त्री बनेको छ महिनाभित्र सांसद बन्नुपर्ने बाध्यकारी संवैधानिक व्यवस्थाअनुसार उनी मन्त्री पदमा रहिरहनबाट बन्चित भएका थिए।

राष्ट्रिय सभामा रिक्त सदस्य पदमा उनलाई नै नियुक्त गर्ने प्रधानमन्त्रीको योजना रहेकोमा नेकपा उपाध्यक्ष वामदेव गौतमले गरेको दाबीमा पार्टीका अन्य शीर्ष नेताहरुको समेत समर्थन रहेपछि ओलीले खतिवडालाई मन्त्रालयमा निरन्तरता दिन पाएका थिएनन।

त्यसपछि सो मन्त्रालय आफैले हेर्दै आएका प्रधानमन्त्री ओलीले मन्त्रीसरहकै सुविधा दिई उनै खतिवडालाई सरकारकाे आर्थिक मामिला हेर्ने जिम्मेवारीमा फर्काएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad