सरकारले हरेक वर्ष भदौ २५ गतेलाई एसिड आक्रमण विरुद्धको जागरण दिवस मनाउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।
सरकारले एसिड आक्रमण सम्बन्धी नयाँ कानुन ल्याउन लागेको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।
पीडितहरुको सम्पूर्ण उपचार खर्च सरकारले नै ब्याहोर्ने र आजीवन औषधि खानुपर्ने भएपनि त्यसको व्यवस्था सरकारले नै गर्ने निर्णय गरिएको मन्त्री ज्ञवालीले बताए।
सरकारले वीर, पाटन र कीर्तिपुर बर्न अस्पताललाई एसिड आक्रमण डेडिकेटेड अस्पतालको रुपमा घोषणा गरेको छ।
पीडितहरुलाई निशुल्क शिक्षा, क्षमता विकास तथा तालीम, योग्यता अनुसारको रोजगारी मिलाउन निजी क्षेत्रसँग समन्वय गर्ने, कृषि क्षेत्रमा लाग्न चाहने पीडितलाई अनुदानको व्यवस्था मिलाउने लगायतका निर्णय सरकारले गरेको छ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरुलाई भेटी एसिड आक्रमण विरुद्ध कडा कानुन ल्याउने प्रतिवद्धता जनाएका थिए।
Shares

प्रतिक्रिया