ad ad

राजनीति


भीम रावल भन्छन् : एमसीसी पारित गर्नुपर्छ भन्ने दलालहरुले मेरोविरुद्ध गलत हल्ला चलाए

भीम रावल भन्छन् : एमसीसी पारित गर्नुपर्छ  भन्ने दलालहरुले मेरोविरुद्ध गलत हल्ला चलाए

नेपालखबर
भदौ २७, २०७७ शनिबार ८:१८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नुपर्छ भन्ने दलालहरुले आफूविरुद्ध गलत हल्ला फैलाएको बताएका छन्।

एमसीसीको सुरुदेखि नै विपक्षमा रहँदै आएका नेता रावल एमसीसी पारित गर्न सहमत भएको चर्चा चलेपछि नेता रावलले त्यसको खण्डन गर्दै आफूले कहीँ पनि एमसीसी पारित गर्नुपर्छ भनेर नभनेको प्रस्ट पारेका छन्। उनले आफूले भन्दै नभनेको कुरा भन्यो भनेर हिँड्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल भएको आरोप लगाएका छन्।

‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन्’, शनिबार सामाजिक सञ्जाल ट्विटरमा नेता रावलले लेखेका छन्, ‘ यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन।’

शनिबार सम्पन्न नेकपा स्थायी समितिको बैठकले एमसीसी परिमार्जन गरेर पारित गर्ने निर्णय गरेको छ। नेकपाको निर्णयसँगै नेता रावल पनि एमसीसी पारित गर्न सहमत भएको चर्चा चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .