सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच भेटवार्ता जारी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान साढे १० बजेबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले जनाकारी दिए।
‘स्थायी समिति बैठक बस्नुअघि बैठकका विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको छ’, सापकोटाले नेपालखबरसँग भने।
नेकपा स्थायी समिति बैठक आजै बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने र सो बैठक आजै सकाउने तयारी छ।
याे पनि : नेकपा स्थायी समिति बैठकः एकै दिनमा सक्ने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिंगलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको बताए।
‘गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण, सहमति र अग्रगतिका साथ भविष्यमुखी बन्न अग्रसर हुनुको अर्को विकल्प पनि त छैन’, थापाले भने।
पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अझै सकिएको छैन।
याे पनि : आधा माग पूरा भएको माधव नेपालको निष्कर्ष, ओली-प्रचण्डको प्रस्तावको विरोध नगर्ने
Shares

प्रतिक्रिया