समाज


गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७ सय ४७ पुग्यो

गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७ सय ४७ पुग्यो

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार ४:३५,

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुपष्ट भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षमा थप १७ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान जानकारी दिएको छ।

थपिएका संक्रमितमा नवलपरासी सुस्तापूर्वका १२ जना, कास्की र स्याङ्ना २/२ र तनहुँका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।

संक्रमितमध्ये पोखरा महानगरपालिकाका २ जना, तनहुँका १ जना र स्याङ्जाको पुतलीबजार–१ का १ जना गरी ४ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षणका लागि आएका व्यक्ति भएको र अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको व्यक्ति भएको निर्देशक शर्माले जानकारी दिए। संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७४७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad