नारायणगढ –मुग्लिन सडक खण्डको चार किलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शुक्रबार बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो। बिहान ८ः १० बजे नारायणगढबाट ३१ दशमलब ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भईरहेको छ। ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो। रासस

प्रतिक्रिया