ad ad

राजनीति


अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्: उत्तर कोरियाली नेता किमको स्वास्थ्य ठीक छ

अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्: उत्तर कोरियाली नेता किमको स्वास्थ्य ठीक छ

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १३:७,

उत्तर कोरियाली नेता किम जङ युनको स्वास्थ्यबारे बिभिन्न अड्कलबाजी भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमको स्वास्थ्य राम्रो रहेको बताएका छन्।

ट्रम्पले त्यतिमात्र होइन, उत्तर कोरियाली नेता किमलाई ‘कम नआँक्न’ समेत आग्रह गरेका छन्।

केहि सञ्चारमाध्यमले बिभिन्न स्रोतको हवाला दिँदै उनको अवस्था निकै चिन्ताजनक रहेको समाचार दिइरहेका बेला ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमार्फत् यो टिप्पणी सार्वजनिक गरेका हुन्।

अमेरिकाले लामो समयदेखि उत्तर कोरियालाई आफ्नो एक प्रमुख शत्रुको रुपमा लिँदै आएको छ। ट्रम्प राष्ट्रपति भएपछि भने उनले किमसँग औपचारिक वार्ता समेत गरेका छन्।

तर दुई पक्षबीच अहिले पनि विवाद भने कायमै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .