ad ad

राजनीति


डा. भट्टराईको प्रस्ताव : कि तुरुन्त राहत बाँड कि काम गर्न देऊ

डा. भट्टराईको प्रस्ताव : कि तुरुन्त राहत बाँड कि काम गर्न देऊ

नेपालखबर
भदौ २२, २०७७ सोमबार २:९,

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले निरन्तरको लकडाउन/निषेधाज्ञाले पचासौं लाख गरिब भोकभोकै पर्ने अवस्था आएको भन्दै आपत्ति प्रकट गरेका छन्।

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक/मजदुरलाई कि सरकारले तुरुन्तै राहतको व्यवस्था गर्नुपर्ने कि आआफ्ना पेसा/व्यवसाय गर्न दिनुपर्ने उनको माग छ।

आफ्नो फेसबुकमा स्टाटस लेख्दै डा. भट्टराईले यस्तो पनि प्रस्ताव गरेका छन्- ‘आम जनताको जीवन/मरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति/प्रधानमन्त्री/मन्त्री/न्यायाधीश/सांसद/कर्मचारी/शिक्षकलगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि?’

  

याे पनि : विज्ञ भन्छन् : खोप नआएसम्म काेराेना महामारी अन्त्य हुँदैन, त्यसैले...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .