ad ad

राजनीति


चिनियाँ रक्षामन्त्री वेइ फेंगले भनेः सीमा विवादका लागि भारत पुरै जिम्मेवार

चिनियाँ रक्षामन्त्री वेइ फेंगले भनेः सीमा विवादका लागि भारत पुरै जिम्मेवार

नेपालखबर
भदौ २०, २०७७ शनिबार ७:१५,

सीमा विवाद जारी रहेको समयमा सांघाई सहयोग संगठन एससीओको बैठकमा सहभागी हुन मस्को पुगेका भारतीय रक्षामन्त्री राजनाथ सिहं र चिनियाँ रक्षामन्त्री वेइ फेंगबीच शनिबार भेटवार्ता भएको हो।

चिनियाँ संचारमाध्यम सिन्ह्वाका अनुसार छलफलका क्रममा चीनका रक्षामन्त्री वेइले चीन र भारतबीच जारी सीमा विवाद निम्तनुमा भारत पुरै जिम्मेवार रहेको आरोप लगाए।

वेइले भनेका छन्,‘सीमामा वर्तमान तनावको कारण एकदम स्पष्ट छ, यसमा भारत पूर्ण जिम्मेवार छ।’

भारतीय संचारमाध्यमका अनुसार चिनियाँ आग्रहमा मस्कोमा दुई देशका रक्षामन्त्रीबीच छलफल भएको हो।

गत जुन १५ मा लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा दुई देशका सेनाबीच झडप भएयताकै पछिलोपटक दुई देशका ठूलो राजनीतिक नेता आमनेसामने भएर वैठकमा सहभागी भएका हुन्।

त्यसबेलाको झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। चिनियाँ पक्षले भने आफ्ना सेनाको अवस्थाको बारेमा कुनै जानकारी दिएको थिएन।

मन्त्री फेंगले शनिबारको वैठकका क्रममा भारतका रक्षामन्त्री सिंहलाई तनाव कम गर्न निपष्क्ष वार्ता महत्वपूर्ण रहेको बताएका थिए। उनले चीन आफ्नो सार्वभौमिकता रक्षा गर्न कटिबद्ध भएको पनि बताएका थिए।

‘चीनले आफ्नो जमिन एक इन्च पनि गुमाउ चाहँदैन’ उनले भने,‘चिनियाँ सेना राष्ट्रको सार्वभौमिकता र क्षेत्रीय एकता रक्षा गर्न कटिबद्ध, सक्षम र विश्वस्त छ।’

शान्तिका लागि दुवै देशले एकसाथ मिलेर काम गर्नुपर्ने पनि चिनियाँ रक्षामन्त्रीको भनाइ थियो। भारतले सीमामा उत्तजेक गतिविधि र चीनबारे भ्रामक प्रचार गर्न नहुने पनि उनले बताए।

दुवै देशले चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको महत्वपूर्ण सम्झौता कार्यान्वयन गर्नुपर्नेमा चिनियाँ पक्षको जोड छ।

गत जुलाई १५ सँगै अगष्टको अन्तिममा पनि चिनियाँ र भारतीय सेनाबीच झडप भएको थियो। दुवै झडपमा दुवै पक्षले एकअर्कालाई आरोप लगाएका थिए।

भारतले चिनियाँ सेना आफ्नो भूमिमा प्रवेश गरेको बताएको थियो। चिनियाँ भूमिमा भारतीय सेना प्रवेश गरेकाले विवाद निम्तिएको चीनको भनाइ थियो।

भारत र चीनबीच सीमा विवाद जारी रहँदा अमेरिकाले भने दुवै देशबीच वार्ता गराउने आफूले मध्यस्तकर्ताको भूमिका खेल्ने बताएको छ। रोयटर्सका अनुसार अमेरिकी सरकारले दुवै देश युद्धमा नजाने विश्वास व्यक्त गरेको छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .