ad ad

समाज


लेनदेनमा विवाद भएपछि आफ्नै साथीको घाँटी रेटेर हत्या

लेनदेनमा विवाद भएपछि आफ्नै साथीको घाँटी रेटेर हत्या

नेपालखबर
भदौ २०, २०७७ शनिबार ७:८,

झापामा एक युवकले आफ्नै साथीको घाँटी रेटेर हत्या गरेका छन्।

आर्थिक लेनदेनको विषयमा विवाद भएपछि झापाको शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बूले सोही नगरपालिका ११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह मगरको घाँटी काटेर हत्या गरेका हुन्।

प्रहरीले हत्याका आरोपी लिम्बूलाई पक्राउ गरेको छ। पक्राउ परेका लिम्बुले आफूहरुबीच लेनदेन विवाद रहेको स्वीकारेका छन्। लनदेनको विवादकै कारण यही भदौ १६ गते साँझतिर हावा खान जाऔँ भनी मृतककै मोटरसाइकलमा चढेर जंगलतिर जाने क्रममा गुडिरहेको मोटरसाइकलमै पछाडिबाट धारिलो कर्दले घाँटी रेटेको अभियुक्त लिम्बूले प्रहरी समक्ष बयान दिएका छन्।

स्थानीयले भदौ १७ गते सताक्षीधाम जाने भित्री गल्लीमा एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 प्रहरीले अभियुक्त लिम्बूलाई शुक्रबार पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइसकेको जनाएको छ। प्रकाउ परेका लिम्बूविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरको दफा १७७ बमोजिम कारबाहीको माग गरेको छ।

 प्रहरीले घटनास्थल वरपरबाट मृतकले चलाएको मोटरसाइकल, आइफोन, धारिलो कर्द र अभियुक्तले प्रयोग गर्दै आएको मोबाइल फोन बरामद गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .