ad ad

राजनीति


नेकपा सचिवालय बैठक : कार्यदलको प्रतिवेदनमाथि प्रारम्भिक छलफल

 नेकपा सचिवालय बैठक : कार्यदलको प्रतिवेदनमाथि प्रारम्भिक छलफल

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १३:७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवाद समधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि प्रारम्भिक छलफल भएको छ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि प्रारम्भिक छलफल भएको बताए। उनले कार्यदलले मेहनतका साथ काम गरेर पार्टीको समस्या समधानको मर्म अनुसार काम गरेको भन्दै कार्यदललाई सचिवालयले धन्यवाद दिएको बताए।

‘पार्टीको समस्या समाधान गर्न गठिन कार्यदलले बुझाएको प्रतिवेदनमा प्रारम्भिक छलफल भयो’, प्रवक्ता श्रेष्ठले भने, ‘सचिवालयले कार्यदलले मेहनतका साथ काम गरेर पार्टीको समस्या समाधानको स्प्रिट अनुसार महत्वपूर्ण सुझाबसहित समयमै प्रतिवेदन पेस गरेकोमा धन्यवाद दिएका छ।’

उनले कार्यदलबाट प्रस्तुत प्रतिवेदनका महत्वपूर्ण सुझाबलाई आधार बनाएर र सचिवालय बैठकमा व्यक्त विचारलाई ध्यान दिई अध्यक्षद्वयले पार्टी र सरकारका सन्दर्भमा र स्थायी समितको चालु बैठकमा प्रस्तुत कार्यसूचीमा सन्दर्भमा निर्णय गर्नका निम्ति आवश्यक प्रस्ताव तयार गर्ने जानकारी दिए।

उनले बन्दाबन्दीको समय सकिएलगत्तै स्थायी समितिको बैठक बस्ने र यसबारे निर्णय गर्ने जानकारी दिए।

बैठकमा प्रधानमन्त्री केही शर्मा ओलीले देशको परिस्थितिका सन्दर्भमा सरकारका तर्फबाट पार्टीलाई जानकारी गराएका थिए। प्रवक्ता श्रेष्ठका अनुसार कोरोना संक्रमण रोकथाम, बाढी पहिरोबाट भएको जनधनको क्षति, उद्धार र राहतका लागि सरकारले गरेका प्रयासका बारेमा प्रधानमन्त्रीले बैठकलाई जानकारी गराएका थिए।

बैठकले बुधबार बागलुङको ढोरपाटनमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै पार्टीपंक्तिलाई राहत र उद्धारमा जुटन निर्देशन दिएको छ।

त्यस्तै बैठकले राष्ट्रियसभाको एक रिक्त सदस्यमा उपाध्यक्ष वामदेव गौतमको नाम सरकारका तर्फबाट सिफारिस गर्ने निर्णय गरेको छ।

‘अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिज्युबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराउनु भयो’, प्रवक्ता श्रेष्ठले भने।

गत फागुन १४ गते बसेको सचिवालय बैठकले राष्ट्रियसभामा मनोनित गर्ने एक सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री ओली राष्ट्रियसभामा पुनः अर्थमन्त्री युवराज खतिवडालाई नै ल्याउन चाहे पनि अन्तमा गौतमको नाममा सहमत भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .