ad ad

राजनीति


उपत्यकाका जनप्रतिनिधि भन्छन् : निषेधाज्ञाले चहलपहल रोकिएन, अब कर्फ्यु लगाउनुपर्छ

उपत्यकाका जनप्रतिनिधि भन्छन् : निषेधाज्ञाले चहलपहल रोकिएन, अब कर्फ्यु लगाउनुपर्छ

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ७:२४,

काठमाडौँ उपत्यकाका जनप्रतिनिधिले उपत्यकामा कर्फ्यु लगाउन माग गरेका छन्।

निषेधाज्ञाले चहलपहल नरोकिएको भन्दै कर्फ्यु नै लगाउनु पर्ने माग आएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

निषेधाज्ञा थप गर्ने नगर्ने भन्ने विषयमा अहिले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठक बसिरहेको छ। बैठकपछि गृह मन्त्रालयसँग समन्वय गरेर बुधबार यस विषयमा निर्णय गर्ने प्रजिअ दाहालले बताए। ‘निषेधाज्ञा थप गर्ने नगर्ने भन्ने विषयमा बुधबार (भोलि) निर्णय हुन्छ’, नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘यस विषयमा अहिले छलफल भइरहेको छ।

उनले यस विषयमा जनप्रतिनिधि, व्यवसायी र स्वास्थ्य विज्ञहरुको सुझाव लिइसकेको र उनीहरुबाट फरक फरक सुझाव आएको बताए। यी विषयमा छलफल गरेर तीन वटै जिल्लाले साझा धारणा तयार गरेर गृह मन्त्रालयमा जाने प्रमुख जिल्ला अधिकारीको तयारी छ।

यसअघिका समस्या र अनुभव गृहमा सुनाउने र परामर्श लिएर थप निर्णय लिने पनि प्रजिअ दाहालले बताए। उद्योगी व्यवसायीले भने निषेधाज्ञा समाधानको विकल्प नभएको भन्दै सतर्क रहेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन्।

मध्यपुर ठिमीका मेयर तथा मेयर फोरमका संयोजक मदन सुन्दर श्रेष्ठले उपत्यकाका जनप्रतिनिधिले कफ्र्यु लगाउन माग गरेको बताए। ‘निषेधाज्ञा थपेर मात्रै हुने देखिएन, सामान जोहो गर्न लगाएर कर्फ्यु लगाउनु पर्छ’, मेयर श्रेष्ठले भने, ‘हामीले यही सुझाब दिएका छौं, मान्छेहरुले बढी नै अटेर गरेका छन्।’

संक्रमण बढ्दै गए पनि सर्वसाधारण बाहिर हिँड्डुल गर्न नछाडेकाले जोखिम कम गर्न कर्फ्युको विकल्प नदेखिएको उनको बुझाइ छ। ‘गृह मन्त्रालयलाई जिम्मा दिएर भए पनि थप कडाइ गर्न भनेका छौं। त्यो भनेको कफ्र्यु नै हो’, उनले भने।

कानुनी रुपमा जसरी सहज हुन्छ त्यसैगरी गर्ने र यस विषयमा गृहसँग र अरु जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गर्ने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएको श्रेष्ठले जानकारी दिए।

व्यवसायीले सानो घेराको स्वार्थ राखेर निषेधाज्ञा खुलाउन माग गरेको उनको आरोप छ। स्थिति भयावह देखिएकाले थप कडाइ गर्न उनीहरुले माग गरेका छन्।

निशेधाज्ञा जारी भइरहदे पनि राजधानिमा संक्रमितको संख्या झन्झन् बढ्दै गएको छ। सोमबार मात्रै काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई समेत संक्रमण देखिएको छ।

पछिल्लो पटक थपिएको एक साता लामो निषेधाज्ञाको समय बुधबार राति १२ बजेबाट सकिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .