राजनीति


म सभापति भएपछि महिलालाई ५० प्रतिशत सहभागी गराउनेछु: शशांक

म सभापति भएपछि महिलालाई ५० प्रतिशत सहभागी गराउनेछु: शशांक

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार १६:५,

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू सभापति भएपछि पहिलो काम नै पार्टी विधान संशोधन गर्ने बताएका छन्। रेडियो काठमाडौं ९२.१ मेगाहर्जसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टी पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्ने गरि बनाइएको विधानमा असहमति जनाएका हुन्।

‘म सभापति भएपछि तीनवटा काम गर्नेछु। पहिलो पार्टी एक गर्ने, दोस्रो विधान परिवर्तन गर्ने र तेस्रो महिलालाई पार्टीमा ५० प्रतिशतको व्यवस्था गर्ने’ उनले भने।

त्यस्तै महामन्त्री कोइरालाले शेरबहादुर देउवाबाट पार्टी सन्चालन नभएको भन्दै अब पार्टीमा परिवर्तन हुनुपर्ने बताए।

‘पार्टी सभापतिले संगठन त हाँक्नुपर्यो नी। कोषाध्यक्षको पदमात्र मनोनित हुन्छ। जो सभापति भएपनि पार्टी उसले कसरी चलाउँछ’ कोइरालाले भने, ‘पदाधिकारी सबैको निर्वाचन गर्ने कुरा मलाई पटक्कै चित्त बुझेको छैन।’ सभापति भएँ भने मेरो पहिलो काम यो विधानमा परिवर्तन गर्ने भन्दै महामन्त्री र उपसभापति २/२जना भए एउटा मनोनित र एक निर्वाचित हुने व्यवस्था राख्नुपर्ने उनको भनाई थियो।

अहिलेको विधान बनाउँदा नै यो विधानले पार्टी चल्दैन भनेको स्मरण गर्दै उनले पार्टीलाई वीपी कोइरालाको बेलामा जस्तै प्रेसिडेन्सियल सिस्टममा पार्टी चल्नुपर्छ भनेर आफूले भनेपनि कसैले नसुनेको उनको गुनासो थियो।

त्यस्तै महामन्त्री कोइरालाले सबैलाई मिलाएर आफू सभापतिको उम्मेदवार बन्ने विश्वास पनि व्यक्त गरे।

त्यस्तै, उनले देशलाई समृद्ध बनाउन कृषिलाई आधुनिकिकरण र व्यवसायिकरण गर्नुपर्नेमा जोड दिए। महामन्त्री कोइरालाले विगतमा पार्टीमा दुःख गरेका, प्रवासमा रहेर संघर्ष गरेकाहरुको आवाजलाई पनि सुनुवाई गर्ने आफ्नो प्रतिवद्धता रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad