कारोबार


लकडाउनमा किन धेरै चकलेट खान थाले नेपालीले?

लकडाउनमा किन धेरै चकलेट खान थाले नेपालीले?

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार १५:४०,

लकडाउनको समयमा पनि नेपालीले अत्याधिक चकलेट खपत गर्न थालेको तथ्याङ्कले देखाएको छ। विगतको तुलनामा नेपालमा विदेशी चकलेटको आयात ह्वात्तै बढेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

विशेष गरि गिलियन, क्याफरेल, लिन्ट एन्ड स्प्रंग्ली, फरेरो, स्निकर, मार्स चकलेटको आयत विगतको भन्दा ५ गुणा भन्दा बढी भएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो।

साउन महिनाको वस्तु आयतको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ। उक्त तथ्याङ्क एक महिना अवधीमा नै २ लाख ९३ हजार ५ सय ९० केजी चकलेट नेपाल भित्रिएका छन्। गत वर्ष यही एक महिनामा जम्मा ३८ हजार ६ सय ७१ किलो चकलेट नेपाल आयत भएको थियो।

यो आयात तथ्यांक भन्सार दरसँगसमेत जोडिएको देखिएको छ। सरकारले चालू आर्थिक वर्षको बजेट माफर्त चकलेटमा लाग्ने भन्सार दर घटाएको थियो। ४० प्रतिशतको भन्सार दरलाई ३० प्रतिशत बनाएको थियो।

यसमा अर्थमन्त्री युवराज खतिवडाले विशाल ग्रुपसँग मिलेमतो गरेर नै चकलेटको भन्सार घटाएको आरोप समेत लागेको थियो। त्यो आरोप केही हदसम्म पुष्टि समेत भएको छ। भन्सारबाट आयात बढेको अधिकांश चकलेट विशाल ग्रुपले नै आयत गर्ने चकलेट देखिएका छन्।

गिलियन, क्याफरेल, लिन्ट एन्ड स्प्रंग्ली, फरेरो, स्निकर, मार्स चकलेट सबै विशाल ग्रुपले नै विदेशबाट आयात गरि नेपालमा बिक्री वितरण गर्ने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad