प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यको कारण देखाउँदै राजीनामाको घोषणा गरेका जापानी समकक्षी सिन्जो अबेकाे स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रधानमन्त्री ओलीले समकक्षी अबेको स्वास्थ्यमा समस्या आएको थाहा पाउँदा दुःख लागेको बताएका छन्।
‘प्रिय प्रधानमनन्त्री सिन्जो अबे, तपाईंको सिघ्र स्वास्थ्य लाभ र सुस्वास्थ्यको कामना गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटमा भनेका छन्।
ओलीले अबेको बृद्धिमतापूर्ण र प्रभावशाली नेतृत्वका कारण नेपाल र जापान सम्बन्धमा ठूलो फाइदा पुगेको बताएका छन्।
— KP Sharma Oli (@PM_Nepal) August 28, 2020Saddened to learn about your ill health. Wish you dear Prime Minister @AbeShinzo speedy recovery and good health. Nepal-Japan relations have greatly benefited from your wise and dynamic leadership.
६५ वर्षका प्रधानमन्त्री आबेले शुक्रबार आफ्नो स्वास्थ्य अवस्था बिग्रँदै गरेका कारण सरकारको काम कारवाहीमा अवरोध गर्न नचाहेको बताउँदै राजीनामा दिने घोषणा गरेका हुन्।
हालै मात्र आबे दुईपटक अस्पताल भर्ना भएका थिए। उनलाई जीर्ण रोग अल्सरेटिभ कोलाइटिस लागेको जनाइएको छ।
उनको रोग पेट, आन्द्रा र पाचन प्रणालीसँग सम्बन्धित छ।

प्रतिक्रिया