कारोबार


निम्नमध्यम आयको सम्मानजनक विन्दूमा पुग्न वार्षिक २० खर्ब लगानी: स्वर्णिम वाग्ले

निम्नमध्यम आयको सम्मानजनक विन्दूमा पुग्न वार्षिक २० खर्ब लगानी: स्वर्णिम वाग्ले

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार १३:३१,

समृद्ध नेपाल निर्माणको लागि अहिलेको एक दशक सबै हिसाबले उपयुक्त भएकाले त्यसको सक्दो सदुपयोग गर्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताएका छन्।

मदन भण्डारी मेमोरियल कलेजले आज आयोजना गरेको वेविनार कार्यक्रममा सहभागी हुँदै उनले अहिले नेपालमा २४ वर्ष उमेर मुनिका युवा जनसंख्या कूल जनसंख्याको करिब आधा रहेको र यही युवा पुस्तालाई सहभागी गराएर देशलाई समृद्धितर्फ लैजान सकिने वाग्ले बताउँनुभयो। 

कलेजले ‘सन् २०३० मा नेपाल: कोभिड–१९ पछिको विकासको बाटो’ शीर्षकमा आयोजना गरेको बेविनारमा वाग्लेले अहिले देशले अल्पविकसित मुलुकको सूचीबाट माथि उक्लिने प्राविधिक योग्यता पूरा गरेकोले आगामी वर्ष अल्पविकसित मुलुकबाट माथि उक्लिएको घोषणा गर्न सक्ने बताएका छन।

वार्षिक प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउँदा मात्रै नेपाल निम्न मध्यम आय भएको मुलुुकको सूचीको सम्मानजनक स्थानमा रहन सक्ने वाग्लेले बताए।

'यो लक्ष्य पूरा गर्न आगामी एक दशकमा प्रत्येक वर्ष २० खर्ब रूपैयाँ लगानी नेपालले परिचालन गर्न सक्नुपर्छ,' उनले भने, ' 'सात प्रतिशतको आर्थिक वृद्धिदर आगामी १० वर्षसम्म निरन्तर हुँदा नेपाल निम्न मध्यम आयको सम्मानजनक विन्दूमा पुग्छ।त्यसबेला नेपालको प्रतिव्यक्ति आए करीब तीन हजार अमेरिकी डलर बराबर पुगेको हुन्छ।'

विश्व बैंकले एक हजारदेखि चार हजार अमेरिकी डलर प्रतिव्यक्ति आय भएको मुलुकलाई निम्नमध्यम आय भएको मुलुकमा सूचिकृत गर्छ।

गत आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति आय बढेर एक हजार चार डलर पुगेको छ। सोही आधारमा नेपाल अहिले निम्न मध्यम आय भएको मुलुकमा सुचीकृत भएको छ। 

आगामी तीन दशकमा नेपाल समृद्ध मुलुक बन्नसक्ने आधार बन्दै गएको भएपनि ठूला प्राकृतिक प्रकोप, वातावरणीय परिर्वन र महामारीहरू समृद्धिको अवरोधक बन्न सक्ने उनले बताए।

त्यसबाहेक, नेपालको दक्षिणतर्फ असाध्यै ठूलो जनसंख्या रहेकाले त्यसबाट हुने फाइदाको उपयोग गरी आर्थिक वृद्धिमा सहयोग पुग्ने योजना तय गर्नुपर्ने वाग्लेले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad