ad ad

राजनीति


परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्रीबीच भर्चुअल कुराकानी

परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्रीबीच भर्चुअल कुराकानी

नेपालखबर
भदौ ११, २०७७ बिहिबार १२:३२,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बेलायतका दक्षिण एसिया, कमनवेल्थ र राष्ट्रसंघीय मामिला हेर्ने राज्यमन्त्री तारिक महमूद अहमदबीच बिहीबार भर्चुअल माध्यमबाट कुराकानी भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार सो कुराकानीका क्रममा दुई मन्त्रीले नेपाल–बेलायत सम्बन्ध, विकासमा साझेदारी, कोभिड–१९ र पर्यावरणसम्बन्धी विषयमा छलफल भएको जनाएको छ।

त्यसैगरी नेपालस्थित बेलायती दूतावासले पनि दुई मन्त्रीबीचको सो कुराकानीमा आर्थिक विकास, पर्यावरण र कोभिड–१९ लगायत विषय तथा नेपाल र बेलायतका साझा आकांक्षाका समग्र विषय समेटिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .