ad ad

राजनीति


ब्राजिली राष्ट्रपतिले पत्रकारलाई भनेः म तिम्रो अनुहारमा मुक्का हान्न चाहन्छु

ब्राजिली राष्ट्रपतिले पत्रकारलाई भनेः म तिम्रो अनुहारमा मुक्का हान्न चाहन्छु

नेपालखबर
भदौ ८, २०७७ सोमबार ९:३,

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले एक पत्रकारको अनुहारमा मुक्का हान्ने चेतावनी दिएका छन्।

आइतबार उनकी पत्नी प्रथम महिला मिसेल बोल्सोनारोको खातामा अवैध रकम जम्मा गरिएको विषयमा प्रश्न सोध्ने ती पत्रकारलाई बोल्सोनारोले यस्तो जवाफ दिएका हुन्।

‘म तिम्रो अनुहारमा मुक्का हान्न चाहन्छु, हुन्छ?’ बोल्सोरोले ओ ग्लोबो नामक पत्रिकाका संवाददातालाई भनेका थिए। सो पत्रिकाले बोल्सोनारोको सो भनाइको अडियो सार्वजनिक गरेको छ।

बोल्सोनारोका जेठा छोरा फ्लावियो बोल्सोनारो सिनेटर छन्। उनका पूर्व सहयोगी फाब्रिसियो केरोस सन् २०११ देखि २०१८ को बीचमा बोल्सोनारोकी पत्नीको खातामा करिब १३ हजार डलर जम्मा गरेका थिए।

केरोस हाल भ्रष्टाचारको आरोपमा छानबिनका लागि पक्राउ परेका छन्। त्यसैकारण भ्रष्टाचार गरेको फिटिक्कै नसहने बताएका राष्ट्रपति बोल्सोनारोको परिवार समेत यसमा मुछिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .