ad ad

राजनीति


चीनले पाकिस्तानलाई बेच्यो अत्याधुनिक युद्धपोत, अझै तीनवटा युद्धपोत पठाउने तयारी हुँदै

चीनले पाकिस्तानलाई बेच्यो अत्याधुनिक युद्धपोत, अझै तीनवटा युद्धपोत पठाउने तयारी हुँदै

नेपालखबर
भदौ ८, २०७७ सोमबार ९:७,

पाकिस्तानको स्थानीय संचारमाध्यमका अनुसार टाइप ०५४ए–पी युद्धपोत चीनले पाकिस्तानलाई बेचेको हो।

चीनले विदेशी राष्ट्रलाई बेचेको यो युद्धपोत हालसम्मकै ठूलो युद्धमा प्रयोग हुने जहाज हो। यसैबीच चीनले सन् २०२१ सम्ममा थप तीनवटा युद्धपोतहरु पाकिस्तान पठाइसक्ने पनि हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

यी युद्धपोतले पाकिस्तानी नौसेनाको शक्ति दोब्बर रुपमा बढाउने अनुमान गरिएको छ। हाल पाकिस्तान र चीन दुवै भारतसँगको सीमा विवादमा होमिएका छन्।

केही समय अगाडि चिनियाँ राष्ट्रपति सी चिनफिङले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई एक ‘असल भाई’ र असल साथी भनेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .