राजनीति


राजपा अध्यक्षमण्डलको संयोजकमा यादव

राजपा अध्यक्षमण्डलको संयोजकमा यादव

नेपालखबर
साउन ५, २०७६ आइतबार १४:३६,

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले सम्हाल्ने भएका छन्।

राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा भएको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो।

सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी सम्हाल्ने राजपाका संयोजक अनिलकुमार झाले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन्। राजपाको चक्रीय प्रणाली अनुसार हरेक दुई महिनामा संयोजक फेरिने व्यवस्था छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad