राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम ग्याल्जेन शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरणका लागि रोयल्टी वृद्धि गर्नुपर्ने माग गरेका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमा विनियोजन बजेटका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त माग गरेका हुन्।
सांसद शेर्पाले यथास्थितिमा सगरमाथाको आरोहणलाई कायम राख्ने हो भने आगामी २० वर्षमा सगरमाथाको अवस्था राम्रो नरहने चेतावनी समेत दिए। सगरमाथालाई हिराको रुपमा चित्रण गर्दै सांसद शेर्पाले सरकारले यसलाई कौडीको मूल्य बराबर पनि महत्व नदिएको भन्दै आपत्ति समेत जनाए।
उनल भने,‘सगरमाथालाई हामीले सजिलो बनायौँ। हिरालाई हामीले चाँदीको भाउमा बिक्री गर्यौँ। त्यसकारण अब सगरमाथालाई हामीले हिराको भाउमा नै बिक्री गर्नुपर्दछ। र, सगरमाथाको भ्यालु राख्नुपर्दछ।’
सांसद शेर्पाले सरकारले हिमालको पर्यटनलाई महत्व नदिएको गुनासो पनि गरे।
Shares

प्रतिक्रिया