ad ad

राजनीति


उत्तरकोरियाका शासक किम जोङ उनले आफ्नी बहिनीलाई बनाए थप शक्तिशाली

उत्तरकोरियाका शासक किम जोङ उनले आफ्नी बहिनीलाई बनाए थप शक्तिशाली

नेपालखबर
भदौ ४, २०७७ बिहिबार २३:१७,

उत्तरकोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङलाई थप शक्तिशाली बनाइएकाे छ। सर्वाेच्च नेता किमले बहिनी जोङलाई पछिल्ला दिन थप अधिकार दिएका हुन्।

नेता किमले थप अधिकार दिएसँगै अब किम योले राष्ट्रका सबै मामिला हेर्न सक्ने बाटो खुलेको दक्षिण कोरियाको गुप्तचर संस्थालाई उधृत गर्दै बीबीसीले जनाएकाे छ। 

जोङ दाजुबहिनी-

jong

तर दक्षिण कोरियाली गुप्तचर संस्थाले बाहिर ल्याएका रिपोर्ट गलत हुने गरेका टिप्पणी पनि भइरहेका छन्। गुप्तचर संस्थाले यस्ताे दाबी गरेपछि बिहीबार दक्षिण कोरियाको राष्ट्रियसभामा यसबारे छलफलसमेत भएको थियो।

उक्त छलफलपछि विधानसभा सदस्यले पत्रकारसँग कुराकानी गरेका थिए। गुप्तचर एजेन्सीको रिपोर्टमा भनिएको छ– ‘किम जोङ उनसँग अझै पूर्ण शक्ति छ, तर बिस्तारै केही शक्ति हस्तान्तरण पनि गर्दै छन्।’

किमकी बहिनी किम यो अहिले त्यहाँको दोस्राे शक्तिशाली नेता हुन् । जसलाई संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका लागि नीतिसहित अन्य नीतिसम्बन्धी मामिला हेर्न नियुक्त गरिएको छ।

तर उनलाई अझै किम जोङ उनको उत्तराधिकारी बनाइएकाे छैन। आफ्नो शासनकालमा आउने दबाब कम गर्न किम जोङ उनले लागि यो कदम चालेकाे गुप्तचर एजेन्सीले जनाएकाे छ।

सन् १९८७ मा जन्मिएकी यो जोङ किम जोङ दाइभन्दा ४ वर्ष कान्छी हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .