ad ad

राजनीति


स्थलमार्गबाट आउनेले पनि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने

स्थलमार्गबाट आउनेले पनि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने

मणि दाहाल
भदौ ४, २०७७ बिहिबार १७:४१,

सरकारले स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिले समेत एक साता अनिवार्य रुपमा होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाएको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले स्थलमार्गबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुका लागि सीमा क्षेत्रमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले होटल क्वारेन्टिन तोक्ने निर्णय गरेको हो।

तर बेखर्ची भएर होटलमा बस्न नसक्ने नेपालीको हकमा सरकारले सीमा क्षेत्रमा क्वारेन्टिन र खाना लगायत अन्य व्यवस्थापन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

त्यसका लागि स्थानीय तहको समन्वय र नेपाली सेनाको सहयोगमा सम्बन्धित जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गर्ने आवश्यक व्यवस्था गर्नेछ।

सरकारले भारतबाट नेपाल प्रवेश गर्न आवतजावत गर्ने १० वटा नाका यसअघि नै तोकेको छ। सीमा नाकाक्षेत्र बाहेकका क्वारेन्टिनको व्यवस्था सम्बन्धित स्थानीय तहले गर्ने र त्यसका लागि लाग्ने रकम प्रदेशको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष वा प्रदेश सरकारले व्यहोर्ने छ। 

प्रदेशको कोषमा रकम नभए केन्द्रको कोषबाट उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको छ।

सबै क्वारेन्टिन सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डअनुरुप हुनुपर्ने छ।

सीमामा निर्वाध रुपमा आवातजावत गर्न दिएर कोरोना संक्रमणको जोखिममा पारेको भन्दै आलोचना हुँदै आएको छ।

पछिल्लो समयमा नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरुमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै सीमामा कडाइ र क्वारेन्टिनको व्यवस्थापनको विषय उठ्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .