ad ad

कारोबार


राजस्व संकलन लक्ष्यमा १९ दशमलव ४६ प्रतिशतले चुक्यो वागमती प्रदेश

राजस्व संकलन लक्ष्यमा १९ दशमलव ४६ प्रतिशतले चुक्यो वागमती प्रदेश

नेपालखबर
भदौ ३, २०७७ बुधबार ९:५३,

आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले आर्थिक वर्ष २०७६/०७७ मा चार अर्ब ६८ करोड ७२ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

यो लक्ष्यको तुलनामा १९ दशमलव ४६ प्रतिशतले कम हो। कार्यालयले सो आर्थिक वर्षमा पाँच अर्ब ८२ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकमा घोषणा गरिएको लकडाउनका कारण लक्ष्यको तुलनामा कम राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा गत आर्थिक वर्षमा करिब १० प्रतिशत बढी राजस्व संकलन भएको हो।

आर्थिक वर्ष २०७४÷७५ मा चार अर्ब २२ करोड ४३ लाख राजस्व संकलन भएको थियो। कार्यालयका सूचना अधिकारी हरेराम ढकालले गत आर्थिक वर्षमा संकलित रकममध्ये अन्तःशुल्क करतर्फ दुई अर्ब ५२ करोड १६ लाख, मूल्यअभिवृद्धि करतर्फ एक अर्ब दुई करोड १५ लाख र आयकरतर्फ ८९ करोड ६० लाख राजस्व संकलन भएको जानकारी दिए।

कार्यालयले वार्षिक राजस्व संकलन गर्ने लक्ष्यअनुसार घर बहालकर सम्बन्धमा प्रदेश सरकारको नयाँ नियामवलीले स्थानीय निकायले आफ्नो नगरको घर बहालकर आफँै उठाउने निर्णयले आन्तरिक राजस्व कार्यालयको मातहतमा सो राजस्व यस वर्षदेखि नआएको बताइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .