कर्णाली प्रदेश सरकारले भोलि (भदौ ४ गते) सार्वजनिक विदा दिने निर्णय गरेको छ।
प्रदेश स्थापना तथा शहिद दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा जारी सूचनामा ‘कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको २०७७।०२।१२ को निर्णयअनुसार प्रदेश स्थापना तथा शहिद दिवसको अवसरमा मिति २०७७ भदौ ४ गतेका दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको’ जनाइएको छ।
प्रतिक्रिया