राजनीति


इमरान खान अमेरिका भ्रमणमा

इमरान खान अमेरिका भ्रमणमा

नेपालखबर
साउन ५, २०७६ आइतबार ४:२२,

 पाकिस्तानी प्रधानमन्त्री इमरान खान तीन दिने अमेरिका भ्रमणका लागि वासिंटन डिसी प्रस्थान गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार भेटवार्ता गर्नेछन्।

इमरानको अमेरिका यात्रा धेरै महिनाको राजनीतिक कसरतको परिणाम हो। यसमा सबैभन्दा महत्वपूर्ण भूमिका साउदी अरबका राजकुमार तथा साउदी राजगद्दीका उत्तराधिकारी मोहम्मद बिन सलमानले निर्वाह गरेका छन्।

ट्रम्प–इमरान वार्ताका पछाडि साउदी राजकुमारको भूमिका महत्वपूर्ण रहेको भारतीय सञ्चार माध्यमहरुको दाबी छ।

दुई देशबीच पछिल्लो समय उतार चढावपूर्ण सम्बन्ध छ। त्यही भएर पाकिस्तानले सिधै ट्रम्पसँग कुराकानी गरेर सम्बन्ध सुमधुर बनाउन चाहेको हो।

पाकिस्तानले यसका लागि परम्परागतभन्दा भिन्नै उपायको खोजी गरेको थियो। उसलाई साउदी अरबका राजकुमारको सहयोग लिएको थियो।

इमरान खान राजकुमार सलमानबीच छोटो समयमा थुप्रै सम्वाद भए। साउदी राजकुमार र ट्रम्प सचिवालयका अधिकारीहरुबीच राम्रो सम्बन्ध छ। त्यही सम्बन्धका कारण छोटो प्रयासमै ट्रम्पले इमरानलाई अमेरिका भ्रमणको निम्तो दिएको बीबीसी हिन्दीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .