सत्तारुढ नेकपामा जारी विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बसेको बैठकले सो कार्यदल गठन गरेको हो।
विष्णु पौडेलको संयोजकत्वमा बनेको सो कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको एक नेताले बताए।
केहि दिनकाे संवादहीनतालाई तोड्दै दुई अध्यक्षबीच बिहीबार भएको वार्ता सकारात्मक दिशामा उन्मुख भएको बताइएको थियो।
अध्यक्ष प्रचण्डले बिहीबार नै ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै पार्टीभित्र देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएको जानकारी दिएका थिए।
नेकपामा असार १० गते बसेको स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेपछि विवाद उत्कर्षमा पुगेको थियाे।

प्रतिक्रिया