राजनीति


बालुवाटारमा ओली–प्रचण्ड छलफल, निस्किएला त निकास?

बालुवाटारमा ओली–प्रचण्ड छलफल, निस्किएला त निकास?

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ५:४७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ।

शुक्रबार बिहान सवा ११ बजेदेखि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको हो।

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले दुई अध्यक्षबीच वार्ता सुरु भएको जानकारी दिए।

‘दुई अध्यक्षबीच प्रधानमन्त्री निवास वालुवाटारमा बिहान सवा ११ बजेदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो’, सापकोटाले नेपालखबरसँग कुरा गर्दै भने।

लामो समयको संवादहिीनतालाई तोड्दै दुई अध्यक्षबीच बिहीबार भएको वार्ता सकारात्मक दिशामा उन्मुख भएको बताइएको थियो।

अध्यक्ष प्रचण्डले बिहीबार नै ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै पार्टीभित्र देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओलीले तीन बुँदे प्रस्ताव ल्याएको जानकारी दिएका थिए।

‘पार्टी र सरकार सञ्चालनको विषयमा भएको कमीकमजोरीको आत्माआलोचना, पाँचै वर्ष ओली प्रधानमन्त्री र कार्यकारी अध्यक्षलाई थप अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारीको प्रस्ताव आएको छ,’ भेलामा प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

दुई अध्यक्षबीचको बिहीबारको छलफल सकारात्मक भएको र आजको बैठकले ठोस निकास दिने सम्भावना रहेको बताइएको छ।

नेकपामा असार १० गते बसेको स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेपछि विवाद उत्कर्षमा पुगेको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad