कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा प्रभु बैंकले झण्डै डेढ करोड रुपैयाँ जम्मा गरेको छ।
कोषमा बैंकले १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको अर्थमन्त्रीका प्रेस संयोजक यम प्रसाद पौडेलले जानकारी दिए।
मौद्रिक नीति, २०७७/०७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/०७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। सोहीअनुरुप प्रभु बैंकले उक्त रकम सहयोग गरेको हो।

प्रतिक्रिया