राजनीति


शैक्षिक सत्र खेर नजाने गरी सबै विकल्पमा गृहकार्य गर्न पाठ्यक्रम विकास केन्द्रलाई शिक्षामन्त्रीको निर्देशन

शैक्षिक सत्र खेर नजाने गरी सबै विकल्पमा गृहकार्य गर्न पाठ्यक्रम विकास केन्द्रलाई शिक्षामन्त्रीको निर्देशन

नेपालखबर
साउन २८, २०७७ बुधबार १२:१७,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सत्र खेर जान नदिनेगरी सबै विकल्पहरुका बारेमा गृहकार्य गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन्।

बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठक परिषदका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले कोरोनाको महामारीका कारण शैक्षिक सत्रमा क्षति भएको भन्दै शैक्षिक सत्र खेर जान नदिने गरी विकल्प तयार गर्न निर्देशन दिएका हुन्।

मन्त्री पोखरेलले पाठ्यभार घटाउन मिल्ने ठाउँमा घटाएर, अनावश्यक विषयबस्तु हटाएर, अर्को शैक्षिक सत्रको केही समय लिएर र अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि शैक्षिक सत्रको क्षतिपूर्ति हुनेगरी तयारी गर्न केन्द्रलाई निर्देशन दिएका हुन्।

‘कोरोनाको महामारीका कारण यो शैक्षिक सत्रमा ठूलो क्षति पुगेको छ, पाठ्यक्रम विकास केन्द्रले कुन–कुन विकल्पमा हामीले काम गर्न सक्छौँ भन्ने गृहकार्य गरोस्’ मन्त्री पोखरेलको भनाई उदृत गर्दै उनका स्वकीय सचिव पुरन केसीले नेपालखबरसँग भने, ‘शैक्षिक सत्र खेर नजाने गरी सबै विकल्पमा तयारी गरौँ।’

हाल विद्यालय तहमा कक्षा १२ सम्म करीब ३५ हजार विद्यालय र ८० लाख विद्यार्थी छन्। विद्यालय शिक्षामा पठनपाठनसम्बन्धी पाठ्यक्रम प्रारूप २०७६ मा प्रारम्भिक बालविकासमा ५७६ कार्यघण्टा र १८ पाठ्यघण्टा, कक्षा १ देखि ३ सम्ममा ८३२ कार्यघण्टा २६ पाठ्यघण्टा, कक्षा ४ देखि १० सम्म एक हजार २४ कार्यघण्टा ३२ पाठ्यघण्टा पढनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थामा संशोधन या अन्य आवश्यक गृहकार्यका लागि बैठकले परिषद्लाई कार्यादेश दिएको छ ।

कोरोनाको महामारीका कारण वैशाखबाट सुरु हुनुपर्ने शैक्षिक सत्र अझै सुरु हुन सकेको छैन। नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तत्काल विद्यालय खोल्ने अवस्था नरहेको बताउँदै आएको छ।

शिक्षा मन्त्रालयले गत असार १ गतेदेखि वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण निर्देशिका २०७७ समेत लागू गरेको थियो। विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरुले वैकल्पिक मध्यमबाट कक्षा समेत सञ्चालन गर्दै आएका छन भने विभिन सञ्चारमाध्यमबाट समेत कक्षा सञ्चालन हुँदै आएको छ।

मन्त्रालयले बैकल्पिक माध्यमबाट भएको सिकाइलाई पनि शैक्षिक सत्रसँग जोड्नुपर्ने बताउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad