समाज


ताइवानको राडरले पहिलोपटक चिनियाँ जनमुक्ति सेनाको विमान ट्र्याक गर्‍यो

ताइवानको राडरले पहिलोपटक चिनियाँ जनमुक्ति सेनाको विमान ट्र्याक गर्‍यो

नेपालखबर
साउन २८, २०७७ बुधबार १२:२२,

गत सोमबार ताइवान स्ट्रेटको मध्य रेखा पार गर्दै चीनको जे–१० र जे–११ युद्धक विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको थियो।

ताइवानको रक्षा मन्त्रालयका अनुसार ताइवानको एन्टी–मिसाइल राडरले ती विमानहरु ट्र्याक गर्न सफल भएको हो।

विज्ञहरुका अनुसार ताइवानको लागि यो राम्रो सफलता हो जुन विधि भविष्यमा निकै लाभदायी हुनेछ।

जमीनमा आधारित राडर प्रयोग गरिएको बताएपनि ताइवानले कुन राडर प्रयोग गरेको भनेर जानकारी दिएको छैन।

ताइवानसँग धेरै क्षेप्यास्त्रहरु छन् जुन प्रतिरक्षाका लागि राखिएको छ। दुश्मनको विमानलाई ट्र्याक गरेर सजिलै त्यस्ता विमानमा आक्रमण गर्न अब ताइवानलाई सजिलो हुनेछ।

यतिबेला चीन र ताइवानबीचको तिक्तता निकै बढेको छ। ताइवानले आफू लोकतान्त्रिक मुलुक भएको बताउँछ तर चीनले ताइवानलाई आफ्नो मुलुकको अंगको रुपमा हेर्ने गरेको छ।

चीनले आवश्यक परेको खण्डमा आफूले शक्ति लगाएर ताइवान कब्जा पनि गर्नसक्ने बताइरहँदा ताइवानले चिनियाँ खतरासँग जुध्नलाई आफ्नो रक्षाशक्ति मजबुत बनाउन थालेको बताएको छ।

गत मे महिनामा ताइवानकी राष्ट्रपति साइ इंग–वेनले आफ्नो नयाँ कार्यकालमा क्षेप्यास्त्र कार्यक्रम अगाडि बढाउने र प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउने बताएकी थिइन्।

उनले चीनको एक देश दुई प्रणाली नीति ताइवानमा नचल्ने पनि बताएकी थिइन्।

केही समय अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङले ताइवानका अलगाववादीबाट चीनलाई खतरा उत्पन्न भएकाले चिनियाँ जनमुक्ति सेनाले युद्धको तयारी थाल्नुपर्ने बताएका थिए।

सीले आफ्ना सेनालाई युद्धको तयारी थाल्न बताइरहँदा ताइवान नजिकका चिनियाँ तटीय शहरमा चीनले हतियारहरु तैनाथ गर्न पनि थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad