चिनियाँ र हङकङेली अधिकारीहरुलाई अमेरिकाले लगाएको प्रतिबन्धको बदलामा चीनले ५ सांसदसहित ११ अमेरिकी अधिकारीहरुमाथि प्रतिबन्ध घोषणा गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यनले सोमबारको नियमित पत्रकार सम्मेलनमा प्रतिबन्धको जानकारी दिएका हुन्।
उनका अनुसार सिनेटरहरु मार्को रुबियो, टेड क्रुज, टम कटन, जोस हली, प्याट टुमी र प्रतिनिधिसभा सदस्य क्रिस स्मिथमाथि प्रतिबन्ध लगाइनेछ। यी सबै रिपब्लिकन पार्टीका सांसद हुन्।
त्यस्तै, नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीका अध्यक्ष कार्ल ग्रेसम्यान, ह्युमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रथ, फ्रिडम हाउसका अध्यक्ष माइकल जे अब्रामोविच, नेसनल डेमोक्रेटिक इन्स्टिच्युटका अध्यक्ष डेरेक मिचेल र इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटका अध्यक्ष डेरेक मिचेललाई पनि प्रतिबन्ध लगाइएको छ।
‘हङकङसँग सम्बन्धित मुद्दामा खराब व्यवहार देखाउने केही व्यक्तिलाई प्रतिबन्ध लगाउने चीनले लिएको छ,’ पत्रकार सम्मेलनमा चाओले भने।
सो प्रतिबन्ध सोमबारबाटै लागू हुने उनले बताए।
यसअघि गत शुक्रबार अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित ११ अधिकारीमाथि आर्थिक प्रतिबन्ध लगाएको छ। एजेन्सी
प्रतिक्रिया