ad ad

समाज


पछिल्लो २४ घण्टामा थपिए ३३८ जना संक्रमित, १४० डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए ३३८ जना संक्रमित, १४० डिस्चार्ज

नेपालखबर
साउन २६, २०७७ सोमबार १०:४०,

नेपालमा पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उक्त संख्याका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा उक्त संक्रमित भेटिएको जानकारी दिए।

नेपालमा हालसम्म ७०.७ प्रतिशत कोरोना संक्रमित निको भएको उनले बताए।

उनका अनुसार हालसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर परीक्षण गरिसकिएको छ। आज मात्रै ८ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४० जना डिस्चार्ज भएका छन्। योसँगै १६ हजार ४ सय ९३ जना आजसम्म डिस्चार्ज भएका छन्।

सोमबारसम्म ६ हजार ७ सय ३८ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .