ad ad

राजनीति


अंगरक्षकलाई कोरोना संक्रमण भएपछि नेकपा महासचिव आइसोलेसनमा

अंगरक्षकलाई कोरोना संक्रमण भएपछि नेकपा महासचिव आइसोलेसनमा

नेपालखबर
साउन २५, २०७७ आइतबार १२:१८,

आफ्ना अंगरक्षक (पीएसओ) मा कोरोना संक्रमण देखिएका कारण सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन्।

शुक्रबार पौडेल र उनका अंगरक्षकसहित सबै टोलीको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न दिइएकोमा एकजना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको र अरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

तर एकजनामा संक्रमण देखिएका कारण पौडेल आइसोलेसनमा बस्ने र मंगलबार पुनः परीक्षण गर्ने योजनामा रहेको उनीनिकट स्रोतले नेपालखबरलाई बतायो।

महासचिवसहित केहिको रिपोर्ट शनिबार नै आएको थियो तर एकजना अंगरक्षकसहित थप केहिको रिपोर्ट आइतबार आउँदा उनको रिपोर्ट पोजिटिभ आएपछि पौडेलले आइसोलेसनमा बसी पुनः परीक्षण गराउने भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .