ad ad

कारोबार


सिटिजन लाइफको जीवन बीमा कोष १६४ प्रतिशतले बढ्यो

सिटिजन लाइफको जीवन बीमा कोष १६४ प्रतिशतले बढ्यो

नेपालखबर
साउन २५, २०७७ आइतबार १२:१६,

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७६/०७७ को चौथोे त्रैमासिक (असार मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सोमा १६४ प्रतिशतले वृद्धि गरेको छ।

गत असार मसान्तमा कम्पनीको जीवन बीमा कोष ६३ करोड ४८ लाख रहेकोमा यस असार मसान्तमा सो रकम १ अर्ब ६७ करोड ८८ लाख पुगेको छ। यसका साथै कम्पनीले गत आ.व.को असार मसान्तसम्ममा कुल बीमाशुल्क १ अर्ब १६ करोड ५१ लाख संकलन गरेकोमा यस आ.व.को सोही अवधिमा १ अर्ब ९६ करोड ८३ लाख कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ।

यसरी हेर्दा बीमा शुल्क आर्जन ६९ प्रतिशतले बढेको कम्पनीको भनाइ छ। समीक्षा अवधिमा जीवन बीमा कोषमा १६४ प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ प्रतिशतले बढाएर ४९ करोड ६१ लाखको उचाइ चुमाएको छ। साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धि गरी ३३ करोड ८३ लाख रुपैयाँ पु¥याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ३ अर्ब ८६ करोड ८८ लाखमध्ये करिब ९१ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ।

यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .