राजनीति


नेकपामा तीन समूह छन्, म कसैसँग जोडिन चाहन्न : वामदेव

नेकपामा तीन समूह छन्, म कसैसँग जोडिन चाहन्न : वामदेव

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १०:३६,

नेकपा उपाध्यक्ष वामदेव गौतमले पछिल्लो समय चर्केको विवादका कारण सो पार्टीमा तीन वटा विचार समुह बनेका र आफू तीमध्ये कुनैमा पनि नभएको बताएका छन्।

गौतमले शुक्रबार एक वक्तव्य जारी गर्दैै आफूलाई स्वतन्त्र राख्ने कोशिस गरेको जिकिर गरेका छन्।

‘अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हलहुन नसग्दा तीनवटा विचार समुह वनेका छन्। यी समुहसँग केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जोडिनुभएको छ,’ उनले सामाजिक सञ्जालमा जारी गरेको वक्तव्यमा भनेका छन्, ‘म समुहगत रुपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्न।’

तर ओली र प्रचण्डले भेट्न वोलाउँदा जाने र सल्लाह, सुझाव दिने गरेको उनले बताएका छन्।

‘मैले आफुलाई स्वतन्त्र राख्ने कोशिश पनि गरेको छु पछिल्लो मैले पार्टीमा राखेको ६ वुदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो,’ उनले भनेका छन्।

उनले पार्टी अध्यक्ष भनेको केवल व्यक्तिमात्र नभई पार्टीभित्रको सर्वस्वीकार्य संस्था भएको बताउँदै पार्टी अध्यक्षहरुले वोलाउदा भेट्ने गरेको प्रष्टोक्ति दिएका छन्।

‘मैले समय–समयमा भेट गरेको वेला ओलीकै अगाडि वहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु। प्रचन्डलाई पनि वहाँकै अगाडि वहाँको आलोचना गर्ने गरेको छु,’ गौतमको भनाइ छ, ‘पार्टी अध्यक्षले बोलाएको वैठक वा भेलालाई मैले गुट मान्दिन। त्यसो भएर मलाई यो वा त्यो गुटसँग सम्वन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु।’

गौतमले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्न आफूले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको चर्चा गलत भएको दाबी गरेका छन्।

याे पनि: 
सहमति नभएसम्म प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : रायमाझी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad