ad ad

राजनीति


चीनले गुआम र जापानसम्म पुग्ने क्षेप्यास्त्र परीक्षण गर्दा अमेरिकाले पनि गर्‍यो हतियार परीक्षण

चीनले गुआम र जापानसम्म पुग्ने क्षेप्यास्त्र परीक्षण गर्दा अमेरिकाले पनि गर्‍यो हतियार परीक्षण

नेपालखबर
साउन २१, २०७७ बुधबार १२:२०,

दक्षिण चीन सागर, कोरोना भाइरसको उत्पत्ति, हङकङ, ताइवान, प्रविधि, व्यापारजस्ता विषयमा हाल अमेरिका र चीनबीच विवाद छ।

पछिल्लो सयम विवाद झनै चर्को बन्दै गएको छ। यसबीचमा चीन र अमेरिका दुवैले क्षेप्यास्त्र परीक्षण गरेका हुन्।

चिनियाँ जनमुक्ति सेनाले हालै गरेको सैन्य अभ्यासमा डीएफ–२६ र डीएफ–१६ क्षेप्यास्त्र परीक्षण गरेको एससीएमपीमा मंगलबार जनाइएको छ। यद्यपी कहिले परीक्षण गरिएको भनेर केही

डीएफ–२६ क्षेप्यास्त्रले ४ हजार किलोमिटर टाढासम्म पुगेर मार हान्नसक्छ भने डीएफ–१६ क्षेप्यास्त्र चिनियाँ जनमुक्ति सेनाको मध्यम रेन्जमा मार हान्नसक्ने क्षेप्यास्त्र हो।

How China's Xi Jinping is taming the People's Liberation Army ...

डीएफ–२६ ले अमेरिकी भूभाग गुआमसम्म पुगेर आक्रमण गर्नसक्ने जनाइएको छ। डीएफ–१६ ले जापानसम्म पुगेर आक्रमण गर्नसक्छ। यो क्षेप्यास्त्र ओकिन्वामा रहेको अमेरिकी सैन्य क्याम्पलाई लक्षित गरि बनाइएको बताइएको छ।

क्षेप्यास्त्र परीक्षणमा समावेश भएका कमाण्डर अफ ब्रिगेड लिउ याङले भनेका छन्,‘हामी लडाइको लागि एक उच्च सतर्क स्थितीमा छौं।’

यसैबीच मंगलबार बिहानै अमेरिका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जानकारी दिएको छ।

प्रशान्त महासागरमा विस्फोट हुनुपूर्व अमेरिकी क्षेप्यास्त्रले ६ हजार किलोमिटरको दुरी पार गरेको जनाइएको छ। एजेन्सी

President Trump Delivers Remarks to Military Personnel and ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .