ad ad

राजनीति


भारत–चीन विवादः पाङगोङ सो तालबाट चिनियाँ सेना पछाडि हट्न मानेनन्

भारत–चीन विवादः पाङगोङ सो तालबाट चिनियाँ सेना पछाडि हट्न मानेनन्

नेपालखबर
साउन १९, २०७७ सोमबार ११:३,

गलवान उपत्यकाजस्तै पाङगोङ सो ताल पनि विवादित क्षेत्र मानिन्छन्। यसअघिका वार्तामा चीन गलवान उपत्यकाको लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीबाट पछाडि हट्न सहमत भएको थियो।

सहमतिअनुसार नै सेनाहरु पछाडि हटेका थिए। यस विषयलाई दुवै देशले पुष्टि समेत गरेको थियो। तर पाङगोङ तथा गोग्रा क्षेत्रबाट भने चिनियाँ सेना पछाडि हट्न नमानेको बताइएको छ।

गत जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच लद्दाख नजिक गलवान उपत्यका झडप भएयता कमाण्डरस्तरीय वार्ता चारपटक भइसकेको छ।

झडपका क्रममा २० भारतीय सेनाले ज्यान गुमाएका थिए। चिनियाँ पक्षमा पुगेको क्षतिबारे हालसम्म केही जानकारी प्रदान गरिएको छैन।

झडप यताका वार्ताहरुमा विवादित क्षेत्रबाट दुवै देशका सेना पछाडि हट्न सहमत भएका थिए।

सहमतिअनुसार नै दुवै देशका सेनाहरु ती क्षेत्रहरुबाट पछाडि हटेको चिनियाँ पक्षको भनाइ थियो तर भारतीय पक्षले भने चिनियाँ सेना अझै पछाडि नसरेको आशंका व्यक्त गरिरहेका थिए।

यसबीचमा आइतबार भएको पाँचौ चरणको वार्तामा चिनियाँ पक्षहरु पाङगोङ र गोग्रा क्षेत्रबाट पछाडि हट्न नमानेको भारतीय संचारमाध्यमले बताएका छन्।

हालै मात्र भारतीय सेनाहरु बढाएर चीनसँगको सीमा नजिक तैनाथ गरिने खबरहरु सार्वजनिक भएका थिए। भारतले गत बुधबार मात्र फ्रान्सबाट ५ राफेल विमान ल्याएको छ।

त्यसमाथि चिनियाँ पक्ष सहमतिअनुसार विवादित क्षेत्रबाट पछाडि सर्न मानिरहेका छैनन्। यस्ता घटना क्रममा दुवै देशबीचको सीमा विवाद तत्काल साम्य नहुने अनुमान गरिएको छ। इकोनोमिक टाइम्स

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .